काठमाडाैं- ‘अभिनेत्री आँचल शर्मा बिवाह बन्धनमा बाधिंएकी छिन् । नाईं नभन्नू ल ४’ बाट नेपाली फिल्म क्षेत्रमा भित्रिएकी आचंलले उदित श्रेष्ठसंगको डेढ वर्ष लामो प्रेम सम्बन्धलाई बिहीवार विवाहमा परिणत गरेकी हुन् ।
बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचल र उदिपले विवाह गरेका हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो ।
अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् ।
उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु साझेदार गरेकी छन् ।
तस्विरमा उनलाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । उदिपले बरमाला लगाउँदै गर्दा उनी निकै प्रफुलित देखिएकी छन् ।
गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए । बिहीवार अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम आएका उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् ।
रिसेप्सन पार्टीमा उपस्थितिका लागि यी दुईले फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा कार्ड पठाएका छन् । विवाहभन्दा अगाडि आँचल र उदिपले संगीत र मेहेन्दीको कार्यक्रम समेत राखेका थिए ।
प्रतिक्रिया