+
Search

ताजा अपडेट +

पपुलर +

इन्डियन आयल कर्पोरेसनले ७ रुपैयाँ ७२ पैसा घटाएर पेट्रोल पठाउँदा नेपाल आयल निगमले भने २ रुपैयाँ मात्रै मूल्य घटायो

4KNationalDaily
२०७६ चैत्र ४, मंगलवार १२:०१ बजे

काठमाडौं- कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रुपमा घटाएको छैन।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटाएको छ ।

सोमबार मात्रै इन्डियन आयल कर्पोरेसनले ७ रुपैयाँ ७२ पैसा घटाएर पेट्रोल पठाउँदा नेपाल आयल निगमले भने दुई रुपैयाँ मात्र घटाएको छ।

सोमबार मूल्य समायोजन गर्दै निगमले नेपाली उपभोक्तालाई पेट्रोल र डिजेलमा प्रतिलिटर जम्मा दुई रुपैयाँ मात्रै घटाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily