काठमाडौं- काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको विरोधमा स्थानीय आन्दोलित भएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ।
घटनाको विरोधमा आगजनी र तोडफोडको शृंखला बढेपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मंगलबार बिहान ९ बजेदेखि लागू हुने गरी पनौती नगरपालिकाका चारकिल्ला तोकेर कर्फ्यु लगाइएको बताए।
पनौती बसपार्कमा सोमबार साँझ बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका वडा नम्बर १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो।
प्रतिक्रिया