+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाको प्रभाव : सुनको मुल्यमा अनौठो उतार चडाब, एकै दिन तोलामा १५ सय रुपैयाँले कम

4KNationalDaily
२०७६ चैत्र ६, बिहीबार १३:५५ बजे

काठमाडौं- कोरोनाको कारण विश्व अर्थव्यवस्थामा परेको प्रभावले सुनको मुल्यमा पनि अनौठो उतार चडाब देखिएको छ ।

मंगलबारको तुलनामा बुधबार १ हजार रुपैयाँले बढेको सुनको मुल्य बिहिबार (आज) आउँदा झण्डै १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले जनाएअनुसार बिहिबार छापावाल सुनको मुल्य तोलामा ७५ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।

बुधबार नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ रहेको थियो । महासंघले जनाएअनुसार आज तेजावी सुनको मुल्य प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily