+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना अातंक : सार्वजनिक सवारी बन्द गर्ने सरकारकाे तयारी

4KNationalDaily
२०७६ चैत्र ७, शुक्रबार १६:१७ बजे

काठमाडाैं- विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई न्यून गर्न काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालिएको छ ।

कोरोना भाइरस संक्रमण फैलिएमा सबैभन्दा बढी जोखिमको क्षेत्र सार्वजनिक यातायात हुने भएकाले काठमाडौं उपत्यकाभित्रको सवारीसाधन बन्द गर्ने तयारीमा सरकार जुटेको हो ।

सवारी बन्दकाे निर्णय गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक जारी छ ।

शुक्रबार साँझसम्ममा सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय यस समितिले लिने प्रबल सम्भावना रहेको स्रोतले जनाएको छ ।

गत बुधबार समितिले कोरोनाको सम्भावित संक्रमण रोक्न सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधनमा चढ्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily