+
Search

ताजा अपडेट +

पपुलर +

के हो ‘लक डाउन’ ? नेपालमा कस्तो होला ?

4KNationalDaily
२०७६ चैत्र ७, शुक्रबार १७:०० बजे

काठमाडौं- ‘लक डाउन’ पहिलो चरण अलि सहज हुनेछ ।

कर्फ्यूजस्तो कडा हुँदैन। सार्वजनिक स्थलमा हिँडडुल गर्न प्रतिबन्ध लगाइए पनि बिहान तथा बेलुका निश्‍चित अवधि तोकेर बाहिर निस्कन र अति आवश्यक एवं दैनिक उपभोगका समान खरिद गर्न मौका दिइन्छ ।

‘लक डाउन’ को पहिलो चरणमा नाका सिल गर्ने, आपतकालीन अवस्थाबाहेक नियमित सार्वजनिक यातयातको सेवा स्थगित गर्ने, होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गर्ने, सरकारी अड्डाका जरुरी तथा आपतकालीन काम अनलाइनबाट गर्ने, नागरिकलाई घरमै सावधानी अपनाएर सुरक्षित बस्‍न आग्रह गर्ने, गम्भीर विरामीबाहेक अरुलाई अस्पताल नआउन आग्रह गर्नेलगायतका विषयमा छलफल भइरहेको छ। ‘लक डाउन’ को अवधिमा सेनालगायतका सुरक्षा निकायहरु परिचालन गरिने छ।

अति आवश्यक सेवाबाहेक मानिसको बढी चहलपहल हुने निजी कार्यलय र उद्योग कलकारखना पनि निश्‍चित समयका लागि बन्द गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ।

नेपालका सबै अदालतहरु दुई हप्ताका लागि बन्द भइसकेका छन्। पहिलो चरणमा उपत्यका लगायतका सिमावर्ती सहरमा ‘लक डाउन’ गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ।

पहिलो चरणको ‘लक डाउन’ पछि पनि अवस्था सामान्य नभए दोस्रो चरणमा ‘लक डाउन’ कडा हुनेछ। नागरिकलाई घरमै अनिवार्य रुपमा बस्‍न आग्रह होइन, आदेश दिइने छ। आदेश उलंघन गरे कारबाही गर्ने व्यवस्था हुनेछ।

यो महामारीबाट बच्‍न लागि एकान्तवास अथवा ‘आइसोलेशन’ मुख्य उपायका रुपमा लिइएको छ। कोरोनाबाट आक्रान्त भएका चीन तथा युरोपका देशहरुले पनि त्यो उपाय कार्यान्वयन गर्न ‘लकडाउन को निर्णय गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily