+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना भाइरसको त्रास : ‘मिस नेपाल’को अडिसन रद्द

4KNationalDaily
२०७६ चैत्र ७, शुक्रबार १९:१२ बजे

काठमाडौं- कोरोना भाइरसको त्रासका कारण सुन्दरी प्रतियोगिता ‘मिस नेपाल २०२०’ को अडिसन पनि स्थगित भएको छ ।

नेपालका मुख्य शहरमा अडिशन सकिए पनि काठमाडौं अडिशन अहिलेलाई स्थगित भएको आयोजक ‘द हिडन ट्रेजर’का निर्देशक सुवर्ण क्षेत्रीले बताए ।

उनले भने, ‘पोखरा, चितवन, वीरगञ्ज, धरान, विर्तामोड, बुटवल, नेपालगञ्ज र धनगढी अडिसन भइसकेको छ । काठमाडौंको अडिशन बाँकी छ । त्यो बैशाख १८ पछि हुनेछ ।’

मिस नेपालमा १८ देखि २६ वर्षसम्मका कम्तिमा ५.४ इन्च उचाइ भएका नेपाली युवतीहरुले भाग लिन सक्नेछन् ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन र सभा सम्मेलन नगर्न आग्रह गरेपछि मिस नेपालका कार्यक्रम समेत स्थगित भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily