गोरखा– लायन्स क्लव अफ गोरखाको बर्ष २०२०/२०२१ को अध्यक्षमा श्यामबावु श्रेष्ठ सर्व सम्मत चयन भएका छन् ।
क्लबको सदरमुकाममा भएको भेलाले श्रेष्ठलाई सर्ब सम्मत रुपमा अध्यक्षमा चयन गरेका हुन ।
क्लवको भेलाले प्रथम उपाध्यक्ष चन्दबावु खत्री, द्वितिय उपाध्यक्षमा लक्ष्मणबावु आचार्य र तृतिय उपाध्यक्षमा भगवानबावु मास्के सर्व सम्मत चयन भएको लायन्स क्लव अफ गोरखाले जनाएकाे छ ।
भेलाले सचिवमा सुजन कुवर, कोषाध्यक्षमा अयोध्या जोशी, मेम्बरसिप चियर पर्सनमा सन्देश मास्के, क्लव सर्भिस चियर पर्सनमा सरद श्रेष्ठ र क्लब मार्केटिङ कम्यूनिकेशन चियर पर्सनमा गोबिन्दबहादुर गुरुङ्गलाई सर्व सम्मत चयन भएका छन् ।
एलसिआईएफ कोर्डिनेटरमा श्रवणकुमार जोशी, क्वल एडमिनिस्र्टेशनमा धिरजबहादुर मास्के, डाइरेक्ट द्वयमा कपिलबावु अर्याल र सित्तलकाजी मास्के र लियो सलाहकार श्यामबावु जोशी चयन भएको ब्लवले जनाएको छ ।
नव निर्वाचित समितिले समितिले आउदो जुलाई १ तारिख अर्थात २०७६ साल असार १७ गते बाट कार्यभार सम्हाल्ने छन् ।
प्रतिक्रिया