गोरखा- जिल्लाको शहिद लखन गाउँपालिका-९ नाम्जुङ्गस्थित सरस्वती आधारभुत बिद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।
पौरखी युवा क्लवका अध्यक्ष समेत रहेका स्थानीय प्रकाश लामिछानेले उक्त बिद्यालयलाई दुई थान ल्यापटप हस्तान्तरण गरेका हुन्।
बिद्यालयको प्रशासनिक काममा सहयोग पुगोस भन्ने उदेश्यले आफुले बिद्यालयलाई ल्यापटप उपलब्ध गराएको अध्यक्ष लामिछानेले जानकारी दिए।
प्रधानाध्यापक ऋषि लामिछानेले ल्यापटप बिद्यार्थीको प्रविधिक ज्ञान बृद्धीमा प्रयोग गरिने बताए।
प्रधानाध्यापक लामिछानेले ल्यापटपले बिद्यालयको बिभिन्न रेकर्ड राख्नेदेखी अन्य काममा सहजता पुग्ने समेत बताए ।
बिद्यालयलाई ल्यापटप हस्तान्तरण गरेकोमा उनले अध्यक्ष लामिछानेलाई बिद्यालयको तर्फबाट धन्यवाद समेत व्यक्त गरे।
प्रतिक्रिया