काठमाडौँ– गण्डकी प्रदेश सरकारले आफ्नो सम्पूर्ण नाका बन्द गर्ने घोषणा गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका सबै नाका १ हप्ताका लागि बन्द गर्ने घोषणा गरेको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय निर्देशक समितिको बैठकले गण्डकी प्रदेशमा प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश प्रवेश गर्ने नाकाहरू त्रिवेणी, दाउन्ने, गैडाकोट, राम्दी, आरुघाँट, कोराला लगायत नाकामा प्रवेश निषेध गरिएको छ ।
अत्यावश्यक बाहेकका सबै सवारीसाधन र व्यक्तिलाई प्रदेशको क्षेत्रभित्र प्रवेश निषेध गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
प्रतिक्रिया