गाेरखा- जिल्ला प्रशासन कार्यालय गोरखाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनिकरण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा समेत बन्द गर्ने निर्णय गरेको हाे ।
सोमबारदेखि लागु हुने गरी जिल्लाभर चल्ने यातायात सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
साथै दैनिक उपभोग्य खाद्यान्न र औषधी पसलबाहेक सबै पसल बन्द गराउने निर्णय गरेको उनले बताए ।
अन्यावश्यक कामबाहेक बाहिर हिडडुल नगर्न समेत प्रशासन कार्यालयले सूचना जारी गरी आग्रह गरेको छ ।
‘लक डाउन’को निर्णय कडाइका साथ कार्यान्वयन गर्न प्रहरी परिचालन गर्ने उनले बताए ।
प्रतिक्रिया