+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा छर्किन थालियो कोरोना मार्न कीटनाशक औषधि

4KNationalDaily
२०७६ चैत्र १३, बिहीबार ०७:३४ बजे

काठमाडौं- काठमाडौं महानगरपालिका कार्यालयले कोरोना भाइरस(कोभिड–१९)को संक्रमण रोक्न काठमाडौंका विभिन्न स्थानमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कन सुरु गरेको छ।

विश्वव्यापी महामारी बनिरहेको यो संक्रमविरुद्ध काठमाडौं क्षेत्रमा फैलिन नपाओस् भनेर शंकास्पद स्थलमा कीटनाशक औषधि छर्कन थालिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बतएका छन्।

बढी भिडभाड हुने वीर अस्पताल, भित्रि सहरका असन, इन्द्रचोक, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा बुधबारदेखि कीटनाशक औषधि छर्क थालिएको उनले जानकारी दिएका छन्।

पहिलो चरणमा ४ हजार लिटर क्षमताका तीनवटा ट्यांकटरमार्फत कीटनाशक औषधी छर्कन थालिएको हो।

काठमाडौं महानगपालिका कार्यालयका अनुसार सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्किनाका साथै सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily