+
Search

ताजा अपडेट +

पपुलर +

नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो

4KNationalDaily
२०७६ चैत्र १३, बिहीबार १८:५३ बजे

काठमाडौँ- काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ ।

चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्किएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा कीटनाशक औषधि छर्किएको जानकारी दिए ।

‘कीटनाशक औषधि छर्किएसँगै मुख्य राजमार्गमा हुने किटाणु उड्न पाउँदैनन्’, उनले भने ।

नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै आज बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको उनले बताए ।

चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनको कार्यलाई समेत अगाडि बढाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily