+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

4KNationalDaily
२०७६ चैत्र १६, आईतवार १९:२२ बजे

काठमाडौँ- सरकारले थप ७ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यस्तो निर्णय गरेको हो ।

यसलाई आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्नेछ ।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले चैत ११ गते विहान ६ बजेबाट देखि लागु हुने गरि एक साताका लागि लकडाउनको घोषणा गरेको थियो ।

नेपालमा अहिलेसम्म ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन भने अन्य चार जनाको देशको बिभिन्न ठाउँका उपचार भरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily