गोरखा- जिल्लाको गण्डकी गाउँपालिका वडा-४ मा विदेशबाट फर्किएका मानिस सेल्फ क्वारेन्टाइनमा बस्न नमान्दा स्थानीयवासी त्रसित बनेका छन् ।
साविकको वडा नम्बर ८ मा छिमेकी मुलुक भारतबाट फर्किएका व्यक्ति सेल्फ क्वारेन्टाइनमा बस्न नमान्दा स्थानीयवासी त्रसित बनेका हुन्।
कोरोना भाइरसको सम्भावित सङ्क्रमण हुनसक्ने भन्दै विदेशबाट आएका सबैलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्न प्रशासनले निर्देशन दिए पनि गण्डकी गाउँपालिका वडा-४ मा भने जनप्रतिनिधि गम्भीर नबन्दा स्थानीयवासी अब के हुने हो भन्दै त्रसित बनेका छन्।
उक्त वडामा शनिवार भारतबाट एक जना (नाम गोप्य) व्यक्ति आएका छन्। स्थानीयले उनलाई सम्झाई बुझाई गरि सेल्फ क्वारेन्टाइनमा बस्न भने पनि उनले आनाकानी गरेको एक स्थानीयले नाम नबताउने शर्तमा गण्डकी टाइम्सलाइ जानकारी दिए।
उनि भारतको बोर्डेरमा रोकिएपछि शनिवार मात्र गाउँ आईपुगेका हुन् । उनि भारतको बोर्डेरमा रोकिएको कुरा उनको पारवारिक श्रोतले पुष्टी गरेको छ ।
बोर्डेरमा रोकिएका उनलाई गाउँ झिकाउन आफन्तले सहयोग गरेबाट पनि उनि भारतबाट सिधै गाउँ आएको पुष्टी भएको श्रोतले जानकारी दियो।
कोरोना भाइरस फैलिएको देशबाट आएकाहरुबाट कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने उच्च जोखिम हुने भएकाले उनीहरुको तथ्याङ्क सङ्कलनको गरी सबैलाई सेल्फ क्वारेन्टाइनमा राख्न भने पनि यस वडामा भने जनप्रतिनिधिले चासो नदिदा स्थानीय आक्रोशित बनेका छन्।
यस बिषयमा गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले उक्त व्यक्तिका बारेमा ४ नम्बर वडा अध्यक्षले जानकारी लिदा उ ४ महिना अघिनै भारतबाट नेपाल फर्केको जानकारी प्राप्त भएको बताए। गण्डकी गाउँपालिकामा हालसम्म २३ जना सेल्फ क्वारेन्टाइनमा रहेको समते उनले जानकारी दिए।
केहि दिन अघि पनि गण्डकी गाउँपालिकाका वडा न. ३ मा एक व्यक्ति विदेशबाट फर्किएर क्वारेन्टाइनमा नबसि गाउँ जादा उक्त वाडमा त्रास छाएको थियो। हाल ति व्यक्ति सेल्फ क्वारेन्टाइनमा बसिहेका छन्।
प्रतिक्रिया