+
Search

ताजा अपडेट +

पपुलर +

सुल्झिएन बिन्द्रावती बिबाद, गाँउपालिका अध्यक्षले रोके नापी

4KNationalDaily
२०७५ माघ ४, शुक्रबार १७:३५ बजे

गोरखाको भिमसेन थापा गाँउपालिका १ मा रहेको बिन्द्रावती उच्च माबिको आन्तरिक बिबाद अझै सुल्झिन सकेको छैन।

जग्गाको बिषयलाई लिएर गत पुस २९ गते बिध्यालय ब्याबास्थान समितिका पुर्व अध्यक्ष तथा हालका सदस्य शिब कुमार श्रेष्ठले प्रअ उत्तर नारायण श्रेष्ठलाई हातपात गरे पछि बिबाद उत्पन्न भएको थियो।सार्बजनिक स्थलमा प्रअलाई हातपात गरेको अभियोगमा शिबकुमार श्रेष्ठलाई गोरखा प्रहरीले हिरासदमा लिएको छ।

उता बिध्यालयको बाताबरण सहज बनाई समन्धित बिबादको समाधान गर्न बडा नम्बर १ का वडा अध्यक्ष एवं बिध्यालय ब्याबस्थापन समिति अध्यक्ष बद्रिनारायण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ। समितिले शिब श्रेष्ठ लाई कार्यसमितिबाट बर्खास्त गर्ने, र जिल्ला नापी कार्यालयबाट गोरखाबाट नापी ल्याई बिध्यालयको जग्गा छुट्याउने निर्यण गरेको थियो।

समितिले आगामी माघ ७ गते हुने भनिएको बिध्यालयको बार्षिक उत्सब समेत स्थगित गरेको छ।

गाँउपालिका अध्यक्षले रोके नापी
बिबाद समाधान समितिले गरेको निर्णय उल्ट्याउदै गाँउपालिका अध्यक्ष इश्बर पाण्डेले जिल्ला नापी कार्यालय गोरखालाई नापी नपठाउन अनुरोध गरेका छन्। उनले समन्धित ब्याक्ति हिरासदमा भएकोले नापीको औचित्य नहुने बँताए। बिध्यालय ब्याबस्थापन समतिले गाँउपालिकालाई उक्त घटनाको बारेमा जानकारी नगराएकोले उचित निर्णय लिन नसकेको बँताए। उनले बिबादको स्थायी समाधान खोजिने बँताए।

यता वडा अध्यक्ष एवं बिध्यालय ब्याबस्थापन समितिका अध्यक्ष बद्रि नारायण श्रेष्ठले गाँउपालिकाका अध्यक्ष इश्बर पाण्डेलाई घटना बारे बारम्बर टेलिफोन सम्पर्क गरेको बँताए। उनी भन्छन्, न गाँउपालिका अध्यक्षले काम गर्छन्, न हामीलाई खुलेर काम गर्न दिन्छन्। समस्या समाधान गर्न नापी ल्याउने निर्णय गरियो,तर गाँउपालिका अध्यक्षले रोके।

जिल्ला नापी कार्यालय गोरखाका प्रमुख माधब ढकालका अनुशार गाँउपालिका अध्यक्षले नापी नपठाउन भने, “सादिँयारे” र बिबादित ब्याक्ति हिरासदमा छ। उनीहरूको उपस्थिति बिना नापी सम्भब छैन भने,त्यसैले कर्मचारी पठाएनाैं। हामी त काम गर्नै मान्छे प्रसाशनले जति बेला जा भन्छ, जान तयार छाैं। उक्त घटना प्रति अहिले सम्म गाउपालिका जनप्रतिनिधिहरू माैंन छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily