+
Search

ताजा अपडेट +

पपुलर +

‘थर्मल गन’ कालोबजारी गर्ने जगदम्बा समूहका अग्रवाल पक्राउ

4KNationalDaily
२०७६ चैत्र २५, मंगलवार १८:०९ बजे

काठमाडौँ- थर्माे गन प्रतिगाेटा १५ हजारका दरले बेच्ने सुलभ अग्रवाललाई महानगरीय अपराध महाशाखाकाे विशेष टाेलीले मंगलबार पक्राउ गरेकाे छ ।

किर्गिस्तानका लागि नेपालका अनररी काउन्सलर अग्रवाललाई मंगलबार ६७ थान थर्माे गनसहित महानगरीय अपराध महाशाखाकाे विशेष टाेलीले पक्राउ गरेकाे हो।

प्रहरीले कुटनीतिक नम्बर प्लेटकाे २०९–एचसीसी–१ नम्बरकाे गाडीमा ज्वराे नाप्ने यन्त्रकाे कालाेबजारी गरिररहेकाे अवस्थामा अग्रवाललाइ पक्राउ गरेकाे हाे । उनका साथबाट ६७ थान थर्माे गन समेत बरामद भएकाे छ ।

प्रहरी उच्च स्राेतका अनुसार जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागाे उद्याेगका मालिक समेत रहेका अग्रवाललाई नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily