+
Search

ताजा अपडेट +

पपुलर +

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

4KNationalDaily
२०७६ चैत्र २५, मंगलवार १८:२२ बजे

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको बोर्डको बैठकले विश्वभर फैलिएको कोरोना भाइरस कारण परीक्षा स्थगित गर्ने निर्णय भएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेले जानकारी दिए ।

बैठकले वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डले मंगलबार दिउसो जारी गरेको सूचनामा ‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ । विद्यार्थीले घरमै बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्नुहोला।’

कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily