+
Search

ताजा अपडेट +

पपुलर +

चीनबाट बिदा भयो कोरोनाः मृतक र संक्रमितको संख्या शुन्यमा झर्‍यो

4KNationalDaily
२०७६ चैत्र २६, बुधबार ०८:५७ बजे

काठमाडौं- विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का उद्गमस्थल चीनमा भने शुन्यमा झरेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ कुनै संक्रमित फेला परेका छैनन् भने कसैको मृत्यु पनि भएको छ ।

त्यहाँ सोमबार ३२ जनामा कोरोना देखिएपनि मंगलबार भने शुन्यमा झरेको छ । सोमबार ३२ जनामा देखिएको कोरोना मंगलबार शुन्यमा झरेको हो ।

कोरोनाको उद्गमस्थल चीनमा हालसम्म ३३ सय ३१ को मृत्यु भएको छ भने ८१ हजार ७ सय ४० संक्रमित भएका थिए । तीमध्ये ७७ हजार १ सय ६७ निको भइसकेका छन् भने १२ सय ४२ को उपचार भइरहेको छ ।

लकडाउन हट्यो

कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ ।

मङ्गलवार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो । चीनका अन्य क्षेत्रमा भने लकडाउन जारी नै छ ।

अमेरिका

अमेरिकामा मृत्यु हुनेको संख्या मंगलबार ह्वात्तै बढेको छ । यसअघिको तुलनामा अमेरिकामा मृत्युदर बढेको हो ।

मंगलबार मात्रै त्यहाँ १९ सय ५२ जनाको मृत्यु भएको हो । यो हालसम्मकै उच्च मृत्युदर हो । योसँगै कोरोनाका कारण अमेरिकामा हालसम्म १२ हजार ८ सय २३ को मृत्यु भएको छ ।

मंगलबार ३३ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ लाख नाघेको छ । बुधबार बिहानसम्म त्यहाँ संक्रमितको संख्या ४ लाख ३ सय २३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily