+
Search

ताजा अपडेट +

पपुलर +

आज देशका यि स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

4KNationalDaily
२०७६ चैत्र २६, बुधबार ०९:५० बजे

काठमाडौँ- वुधबार देशका केही स्थानमा हल्का बदली भई पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानिय र पश्चिमी वायुको प्रभावले देशको पश्चिमी भूभागका केही स्थानमा हल्का बदली रहने जनाइएको छ ।

आज दिउँसोपछि देशको पश्चिमी भूभाग लगायत पुर्वी तथा मध्य पहाडी भूभागका केहि स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

पहाडी भूभागका केहि स्थानमा पानी परे पनि अन्य भुभागको मौसम भने सफा रहने जनाइएको छ । आज राति पनि पहाडी भूभागका केहि स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily