काठमाडौं- गत शनिबारपछि नेपालमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित फेला परेका छैनन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा नयाँ संक्रमित नभेटिएको जानकारी दिइएको हो।
गत शनिबार कैलाली र कञ्चनपुरका दुई पुरुष र १ महिलामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको थियो।
त्यसयता नयाँ संक्रमित नभेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ मै सीमित रहेको हो। जसमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् भने दुई बागलुङका दुई जनाको धौलागिरी अस्पताल सुदूरपश्चिमका ४ जनाको सेती प्रदेशिक अस्पताल र अन्य दुई जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार दिउँसोसम्म जम्मा २ हजार ८९५ को स्वाबको नमूना परीक्षण गरिएको जानकारी दिए।
प्रवक्ता देवकोटका अनुसार राष्ट्रिय प्रयोगशाला २ हजार ३८३ र उपत्यकाबाहिर ५१३ को परीक्षण गरिएको २८ सय ९५ सम्पन्न भएको र आज १९३ को परीक्षण भइरहेको जानकारी दिए।
योसँगै आज बेलुका सम्ममा परीण गराउनेको संख्या ३ हजार कट्ने उनले जनाकारी दिए।
प्रवक्ता देवकोटाले अहिले देशभर ७ हजार ९४ जना क्वारेन्टिमा रहेको जाकारी दिए।
प्रतिक्रिया