काठमाडौं- कोरोना भाइरसका कारण विश्वरभ मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । विश्वभर बिहीबार बिहानसम्म ८८ हजार ४ सय ५ को मृत्यु भएको छ ।
कोरोनाका कारण बुधबार मात्रै ६ हजार ३ सय ६९ को मृत्यु भएको थियो । त्यस्तै, बुधबार ८२ हजार नयाँ संक्रमित फेला परेका छन् ।
योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १५ लाख १३ हजार पुगेको छ ।
संक्रमितमध्ये करिब ३ लाख ३० हजार निको भएका छन् भने १० लाख ९५ हजार उपचाररत छन् । उपचाररथमध्ये ४८ हजारको अवस्था गम्भीर छ ।
प्रतिक्रिया