+
Search

ताजा अपडेट +

पपुलर +

‘लकडाउन’मा राजधानीका सडक रङरोगनले चिटिक्क

4KNationalDaily
२०७६ चैत्र ३०, आईतवार ०८:४९ बजे

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ ।

काठमाडौं उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ ।

सडकमा सवारी साधन असाध्य न्यून हुँदा धमाधम सडकमा ट्राफिक चिह्न बनिरहेका छन् भने रङरोगनको काम पनि भइरहेको छ । ट्राफिक चिह्न र सडक वरिपरि रङरोगन भएपछि राजधानीका सडक चिल्ला, सफा र चिटिक्क देखिन थालेका छन् ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘उपत्यकाका तीनवटै जिल्लामा सडक विभागअन्तर्गत रहेका कुल ८० किलोमिटर सडकमा कालोपत्रे गर्ने योजना रहेकोमा अहिलेसम्म ५५ किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएको छ । कालोपत्रे भएकामध्ये अधिकांश सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम अन्तिम चरणमा पुगेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily