+
Search

ताजा अपडेट +

पपुलर +

आविस्कार केन्द्रको सहयोगमा गण्डकी गाउँपालिकालाई पीपीइ हस्तान्तरण

4KNationalDaily
२०७६ चैत्र ३०, आईतवार ०९:०० बजे

गोरखा- कोरोना भाइरसको संभावित संक्रमण रोकथामका लागि राष्ट्रिय आविस्कार केन्द्रको सहयोगमा गण्डकी गाउँपालिकालाई ८ थान पीपीइ हस्तान्तरण गरिएको छ ।

लायन्स क्लव अफ गोल्डेन वागेश्वरीका सस्थापक अध्यक्ष एवम् फुजेलका स्थानीय इन्जिनियर डिल्लीराम भट्टको पहलमा उक्त स्वास्थ्य सामग्री पीपीइ गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राकेश गुरुङलाई एक कार्यक्रमका बीच उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको इन्जिनियर भट्टले जानकारी दिए।

गाउँपालिकालाई प्राप्त पीपीइ ८ वटै वडालाई वितरण गरिने प्रसाशकिय अधिकृत गुरुङले त्यस अबसरमा जानकारी दिए । ‘वडाका स्वास्थ्य चौकीहरुमा यी पीपीई वितरण गरिने छ’, गुरुङले भने।

राष्ट्रिय आविस्कार केन्द्र पछिल्लो समय स्थानीय प्रबिधिमा पीपीइ निर्माण गरी नि:शुल्क रुपमा वितरण गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily