+
Search

ताजा अपडेट +

पपुलर +

एक वर्षको पारिश्रमिक ‘राहत प्याकेज’मा सहयोग गर्ने प्रवक्ता श्रेष्ठको घोषणा

4KNationalDaily
२०७७ बैशाख १, सोमबार १६:५० बजे

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

उनले सोमबार आफ्नो एक वर्षको पारिश्रमिक मध्ये दुई महिनाको तलब कोभिड १९ उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।

प्रवक्ता श्रेष्ठले अहिलेको अवस्थामा एकताबद्ध भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘हामी अहिले कोभिड-१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं। यसबेला एकताबद्ध भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ। यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी बिपन्न बर्ग केन्दृत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily