+
Search

ताजा अपडेट +

पपुलर +

आज देशका धेरै स्थानमा हावाहुरी/चट्याङसहित असिना-पानी पर्ने, यस्ताे छ आगामी ३ दिनको मौसम पूर्वानुमान

4KNationalDaily
२०७७ बैशाख १०, बुधबार ०७:०२ बजे

काठमाडौं- आज (बुधबार) पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही दिनयता याे क्रम जारी छ।

बुधबार बिहान ६ बजे आफ्नो वेबसाइटमार्फत महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुने र अपराह्नपछि देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिएको हो।

साथै मध्य र पूर्वी तराईका समेत केही ठाउँमा आज चट्याङ/हावाहुरीसहित असिना-पानी पर्ने सम्भावना देखिएको छ।

त्यसैले होसियारी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै उसले भनेको छ- देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार यो खबर लेख्दासम्म कतै वर्षा भएको छैन, मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली भएको छ भने पश्चिमी भूभागमा मौसम आंशिक बदली भएको छ।

अहिले नेपालमा स्थानीय वायुका साथै पश्विमी वायुको समेत प्रभाव रहेको मौसमविद्ले बताएका छन्।

माैसम महाशाखाले जारी गरेकाे आगामी ३ दिनको मौसम पूर्वानुमान

वैशाख १०गते (बुधबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।देशका पहाडी भू-भागका धेरै स्थानमा र मध्य र पूर्वी तराईका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानमा मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख ११गते (बिहीबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका धेरै स्थानमा र मध्य र पश्चिमी तराईका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा र मध्य र पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख १२ गते (शुक्रबार)

दिउँसोः देशका मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

मध्य र पूर्वी भू-भागका केही स्थानमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित वर्षाको सम्भावना छ। पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily