+
Search

ताजा अपडेट +

पपुलर +

विश्वभर कोरोना : २५ लाख ६१ हजार संक्रमित, १ लाख ७७ हजारको मृत्यु

4KNationalDaily
२०७७ बैशाख १०, बुधबार ०७:०३ बजे

काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख ६१ हजार ४४ पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार, संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ८ लाख २३ हजार ७ सय ८६ लाई संक्रमण पुष्टि भएको छ।

त्यस्तै, स्पेनमा २ लाख ४ हजार १ सय ७८, इटालीमा १ लाख ८३ हजार ९ सय ५७, फ्रान्समा १ लाख ५९ हजार २ सय ९७, जर्मनीमा १ लाख ४८ हजार २ सय ९१, बेलायतमा १ लाख ३० हजार १ सय ७२ तथा टर्कीमा ९५ हजार ५ सय ९१ लाई संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार नजिक पुगेको छ। बुधबार बिहानसम्म १ लाख ७६ हजार ९ सय ८४ को मृत्यु भइसकेको छ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ झन्डै ४५ हजारको मृत्यु भइसकेको छ।

इटालीमा २४ हजार ६ सय ४८, स्पेनमा २१ हजार २ सय ८२, फ्रान्समा २० हजार ७ सय ९६, बेलायतमा १७ हजार ३ सय ३७ को मृत्यु भइसकेको छ। अहिलेसम्म कुल ६ लाख ७९ हजार ८ सय १९ उपचारपछि निको भइसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily