+
Search

ताजा अपडेट +

पपुलर +

आज पहाडका धेरै, तराईका थोरै स्थानमा हावाहुरीसहित असिना-पानीको सम्भावना

4KNationalDaily
२०७७ बैशाख ११, बिहीबार ०८:४२ बजे

काठमाडौं- आज (बिहीबार) पनि देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज दिउँसोपछि पहाडी भेगका धेरै तथा मध्यर पश्चिम तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा हुने सम्भावना छ।

‘त्यस्तै दिउँसो १२/१ बजेदेखि वर्षा हुने देखिन्छ,’ उनले भने, ‘प्रिमनसुनका बेला भएकाले मेघगर्जन/चट्याङ र हावाहुरीको पनि सम्भावना रहन्छ नै।’

पहाडी भेगअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज दिउँसो मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेको उनले बताए।

‘आज दिनभरजसो नै काठमाडौं उपत्यकाको मौसम छ्याङ्ग हुने सम्भावना छैन,’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily