+
Search

ताजा अपडेट +

पपुलर +

वर्तमान सरकार लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यतः सभापति देउवा

4KNationalDaily
२०७७ बैशाख ११, बिहीबार १८:२२ बजे

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबैलाई सजग हुन आग्रह गेरेका छन् ।

लोकतन्त्र दिवसका अवसरमा आज उनले एक सन्देश जारी गर्दै मुलुकमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा गरिएका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो प्राणको आहुती दिने सम्पूर्ण शहीदहरुको समर्पण, साहस र बलिदानको म स्मरण गर्दै उहाँहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

वि.सं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि व.सं २०६२/६३ मा राजनीतिक दलहरुद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले वि.सं २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो ।

यो दिनलाई सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउँदै आएका छन् ।

सभापति देउवाले वर्तमान सरकारले मुलुक कोरोना भाइरसका कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश ल्याएर संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य मान्यतालाई उल्लङ्घन गर्दै लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत हुन थालेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily