+
Search

ताजा अपडेट +

पपुलर +

आज नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

4KNationalDaily
२०७७ बैशाख १७, बुधबार ०९:१४ बजे

काठमाडौं- नेकपा सचिवालय बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष दाहालबीच मंगलबार दिउँसो भेटघाट भएपछि सचिवालय बैठक टुंगो लागेको हो ।

यसअघि अध्यादेश प्रकरणपछि दबाबमा परेका ओलीले बैठक बोलाउन आलटाल गर्दै आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद चर्किएको छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily