+
Search

ताजा अपडेट +

पपुलर +

मेराे सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजानु : नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७७ बैशाख ३१, बुधबार १७:०८ बजे

काठमाडाैं- सशस्त्र प्रहरीको सुरक्षा लिइरहेका पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाकर्मी फिर्ता लग्न सरकारलाई अनुरोध गरेका छन् ।

आफ्नो व्यक्तिगतभन्दा राज्यको सुरक्षा महत्वपूर्ण भएको भन्दै उनले राज्यलाई अप्ठ्यारो भए क्षमा पनि मागेका छन् ।

‘सीमामा सुरक्षाकर्मी अभाव : जिम्मा पाएको सशस्त्र नेताको अगुवा–पछुवा’ शीर्षकमा नयाँ पत्रिकामा बुधबार समाचार  प्रकाशित भएपछि उनले यस्ताे बताएका हुन् ।

‘मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरुदेखि नै लिइनँ । सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर, गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो,’ उनले ट्विट गरेका छन्, ‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिनँ । मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भने पनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily