चलचित्र ‘मैने प्यार किया’बाट बलिउडमा प्रवेश गरेकी नायिका भाग्यश्री यसपछि भने पर्दाबाट हराइन् ।
उनी, आफ्नै घरयासी जीवनमा नै बढी व्यस्त देखिएकी थिइन् ।
तर, अब भने उनले ठूलो पर्दामा कमव्याकको तयारी गरेकी छिन् ।
एक भारतीय मिडियासँग कुरा गर्दै भाग्यश्रीले २ वटा कथा पढिरहेको बताएकी छिन् । उनले भनेकी छिन्–‘हो, म यतिबेला २ वटा कथा पढिरहेकी छु । एउटा चलचित्र नायक प्रभाषसँग छ ।’
उनले, चलचित्रको बिषयमा कुनै पनि जानकारी अहिले नै दिन नमिल्ने पनि बताएकी छिन् । तर, लक डाउन खुले लगतै एक चलचित्रको छायांकन सुरु हुने उनको तर्क छ ।
उक्त्त चलचित्रमा प्रवास बाबु र छोराको रोलमा देखिने छन् । बाबु छोरामा आधारित कथा भएको र दुबै रोलमा प्रवास रहने हुनाले चलचित्रको नाम नै प्रभास २.० राखिएको बताइएको छ ।
भाग्यश्रीका अनुसार, उनका २ सन्तानले नै उनलाई चलचित्रमा फर्किनका लागि सुझाव दिएका थिए । भाग्यश्रीका छोरा अभिमन्यू देसाइले अभिनय गरेको चलचित्र ‘मर्दको दर्द नही होता’ टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो ।
प्रतिक्रिया