+
Search

ताजा अपडेट +

पपुलर +

भारतीय सेनापतिले भनाइ सच्याउनुपर्छ : नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७७ जेष्ठ ३, शनिबार १८:२१ बजे

काठमाण्डाै- नेकपाका नेता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्ने बताएका छन् ।

भारतीय सेना प्रमुख मनोज नरभानले नेपालले अरु कसैको उस्काहटमा लिपुलेकको विषय नेपालले उचालेको आरोप लगाएका थिए ।

तर आज नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले भारतीय सेना प्रमुखको भनाई खण्डन गर्दै फिर्ता लिन आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भुमि भएको र भारतले नेपालको भुमिमा सडक बनाएको बताएका हुन् ।

उनले नेपाल आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रतामा अडिग रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily