काठमाडौँ- कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा लाग्ने कुनै शुल्क नतोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा १५ हजार लाग्ने निर्णय भएको भन्दै सामाजिक संजालमा त्यसको चर्को विरोध भएको छ।
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हालसम्म कोरोनाको पीसीआर परीक्षणका लागि शुल्क निर्धारण नभएको जानकारी दावी गरेका छन् ।
उनले नीतिगत निर्णय मात्र भएको हो तर हालसम्म शुल्क निर्धारण नभएको दावी गरेका हुन्
मंगलबार (हिजो) मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेका मापदण्ड पूरा गरेका सार्वजनिक (अस्पताल) स्वास्थ्य संस्थाहरूले पीसीआर परीक्षण गर्दा सशुल्क लिन पाउने नीतिगत निर्णय भएको बताएका थिए ।
यसअघि निजी अस्पताललाई आरडीटी विधिबाट कोरोना परीक्षण गर्न दिने कार्यविधि मन्त्रालयले सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया