तनहुँ- जिल्लाकाे आँबुखैरेनीमा सोमबारबाट गण्डकी प्रदेश स्तरीय ५ दिने एन्फा लाइसेन्स कोचिङ कोर्स सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा पहिलोपटक जिल्ला फुटबल संघ तनहुँको आयोजनामा सो कोर्स सुरु गरिएको हाे ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्षद्धोय कृष्ण बहादुर थापा र उपेन्द्रमान सिंहलाई फुटबल हस्तान्तरण गरेर सोे एन्फा लाइसेन्स कोचिङ कोर्सको उद्घाटन गरे ।
एन्फाका टेक्निकल डाईरेक्टर जापानिज नागरिक चाइकी ताकिदा र गोल किपर प्रशिक्षक तोसी हिरो मित्सुमारुले प्रशिक्षण दिईएकाे एन्फा लाइसेन्स कोचिङ कोर्समा गण्डकी प्रदेशको विभिन्न ८ जिल्ला र काभ्रे जिल्लाका गरी ३२ जनाकाे सहभागि रहेकाे छ ।
प्रतिक्रिया