+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना उच्चस्तरीय समन्वय समितिको बैठक : हवाई र सीमा जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

4KNationalDaily
२०७७ जेष्ठ ८, बिहीबार ०८:४२ बजे

काठमाडौँ- सरकारले हवाई उडान र सिमानाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

हवाई उडान तथा सिमानाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले बतायो। यसअघि जेठ १८ गतेसम्मका लागि हवाई उडान बन्द गरिएको थियो।

कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै गत चैत ११ गतेदेखि सरकारले देशब्यापी लकडाउन गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनमा पनि थप कडाइ गरेको छ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ। बुधबारसम्म ४२७ जनामा कोरोना पुष्टि हुँदा ४५ जना निको भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily