+
Search

ताजा अपडेट +

पपुलर +

बारपाक-सुलिकोटका ४ युवा मिलेर काठमाडाैँमा ‘बाड्य राहात’

4KNationalDaily
२०७७ जेष्ठ ८, बिहीबार १६:२७ बजे

काठमाडौँ- बारपाक सुलिकोट गाउँपालीका युवाहरूले काठमाडाैमा राहत वितरण गरेका छन् ।

गाउँपालिकाका काठमाडौमा विभिन्न पेशा व्यवसाय गर्ने नागरिकलाई उनीहरूले राहात वितरण गरेका हुन् ।

काठमाडौमा पढ्ने बिधार्थी तथा दैनिकी मजदुरी गरी जिविका चलाउन समस्या परेकोहरूलाई र कोही पनी गोरखाका नागरिकहरू भोक बस्न नपरोस भन्ने उदेश्यले राहत वितरण गरिएको हो ।

हिजो ७ गते बाट पाँचौ चरणको राहत वितरण गर्दै  सय बोरा चामल लिएर बितरण गरिएकाे र अब एक्दम अति आवश्यक परेकाहरूलाई मात्र बितरण गर्ने  धिरज उपरकोटीले बताए ।

गाउँपालीकाको अध्यक्ष बिष्णु भट्टको अनुरोधमा गाउपालिकाबाट काठमाडौं आई बस्ने समाजसेवी तथा राजनितिक युवाहरू मिलेर ब्यक्तिगतरूपमा पैसा उठाएर र केही साथीहरूसंग सहयोग मागेर र चैत २८ गतेदेखि राहत वितरण गरेको उपरकाेटी बताए ।

सवारी साधनमै खाध्यन सामग्री बोकेर चैत्र २८ गतेदेखी निरन्तररुपमा वितरण गरिदै आएको उनले बताए ।

‘चैत्र २८ गतेदेखि दैनिकी बैशाख ३० गते सम्म निरन्तर राहत वितरण गर्दै आएका थियो, र अहिले फेरि लकडाउन बड्दै जाँदा एक्दम धेरै ठाउँ बाट फोन आउन थाले पछी ७ गते जेष्ठबाट १०० बोरा चामल गोदामबाट लिएर बितरण गर्न थालिएकाे छ’, उनले भने ‘हामीले अधिल्लाे चरणमा तिन/चायसय परिवारलाइ राहात वितरण गरेका थियाैँ ।’

गोरखा जिल्लाका अन्य गाउँपालीका निकै समस्या परेको परिवार, र गोरखा बाहेक नुवाकोट, जाजरकोट, खोटाङ, सिन्धुपाल्चोक, सिन्धुली, जुम्ला, रुकुम, मुगु ,पर्वत, आदि लगायतका जिल्लाका समस्या परेको परिवारलाई हरूलाई राहत खाद्यन्न सयोग गर्दै आएको उनले बताए ।

राहत वितरण टोलिमा अनुप श्रेष्ठ, बिकास गुरुङ, सागर बरामको टोलीले चैतको २८ गते देखि दैनिकी निरन्तर गाडी लिएर सबैको डेरामा राहत सहित होम डेलिभरी गर्दै आएको टोलीका अनुप श्रेष्ठले बताए ।

हाम्रो चाहना भनेको गाउँपालीकाबाट काठमाडौं आई पढ्ने बिधार्थी मजदुरी गर्ने र अन्य पेशा व्यवसायगरी बस्ने जो कोही पनि भोकै बस्न नपरोस भनेर यो अभियान चलाएको उनीहरू बताउछन् ।

काठमाडौंमा मनमैजु, गगंबु, भक्तपुर, ललितपुर, कलंकि, बालुवाटार, कपन, बुढानिलकण्ठ, हात्तीगौडा, बानियटार, रानिबन, नयाँबजार, असन, किर्तीपुर, पाटन, गोलढुङा लगाएत धेरै ठाउँहरूमा राहत वितरण गरेको उनले बताए ।

लकडाउनको समयमा यो महामारीमा कोही पनि भोकै वस्नु नपरोस भन्ने उदेश्यले एउटा सानो टीम बनाएर राहत स्वरुप खाध्यन वितरण गरेको उपरकोटीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily