+
Search

ताजा अपडेट +

पपुलर +

पाकिस्तानको कराचीमा ९८ जना सवार विमान दुर्घटना

4KNationalDaily
२०७७ जेष्ठ ९, शुक्रबार १७:१३ बजे

एजेन्सी- पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना भएको छ। ९० जना यात्रु र चालक दलका ८ जना सवार रहेको सो जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानको सञ्चारमाध्यम डनले जनाएको छ।

सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल कराँची नजिकैको वस्तीमा दुर्घटना भएको पाकिस्तानी सञ्चामाध्यमले जनाएका छन्।

त्यहाँका सञ्चारमाध्यममा आएका भिडियो दुर्घटनास्थलका फुटेजहरुमा धुँवाको मुस्लो आइरहेको र एम्बुलेन्स तथा उद्दारकर्ताहरु पुग्दै गरेको देखाइएको छ।

दुर्घटनासँगै त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रीले त्यहाँका प्रमुख अस्पतालमा आपतकाल घोषणा गर्दै उपचारका लागि तयार रहन निर्देशन दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily