+
Search

ताजा अपडेट +

पपुलर +

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता

4KNationalDaily
२०७७ जेष्ठ ९, शुक्रबार १७:२० बजे

काठमाडौं- सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ। संसद सचिवालयमा सरकारले संशोधन प्रस्ताव दर्ता गराएको हो। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो।

संविधानको अनुसूची ३ मा रहेको निशान छापमा उल्लेख भएको नक्सा सच्च्याउनका लागि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो। संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ को सट्टा नयाँ राख्न प्रस्ताव गरिएको छ।

संघीय संसदको प्रतिनिधि सभामा सरकारले यो संशोधन दर्ता गराएको छ। अब जेठ १३ गते बस्ने संसद बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पेश हुनेछ। प्रतिनिधि सभामा आवश्यक छलफलपछि दुई तिहाइ बहुमतले पारित भएमा राष्ट्रिय सभामा पेश हुनेछ।

राष्ट्रिय सभामा पनि आवश्यक प्रक्रिया पुरा गरी पास भएर राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरेपछि यो संविधानको रुपमा लागू हुनेछ। यो प्रक्रिया पुरा गरेसँगै नेपालको संविधानको निशान छापमा लिपुलेक समावेश भएको चुच्चो नक्सा हुनेछ।

संविधानले नक्सालाई अनि मात्र चिन्नेछ। संविधानमा नक्सासम्बन्धी स्पष्ट व्यवस्था भने कतै उल्लेख छैन। धारा ४मा मात्र भूभागको बारेमा केही उल्लेख छ। यही कारण कतिपय संविधान विज्ञहरुले संशोधन आवश्यक नपर्ने तर्क पनि अघि सारेका थिए। तर सरकारले संशोधन गरेर मात्रै सच्च्याउने निर्णय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily