गोरखा- कोरोना भाईरसको कारण सिर्जित अवस्थाका विरामी र अस्पतालमा आउने अन्य विरामीका लागि आवश्यक पर्दा प्रयोग गर्ने गरी गोरखा जिल्ला अस्पतालले अत्याधुनिक मेसिन सहितको आईसियु कक्ष निर्माण गर्न प्रक्रिया अघि बढाएको छ ।
नेपाल सरकारको प्रचलित खरिद ऐन, नियमावली अनुसार प्रक्रिया अघि बढाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नविन थापाले बताए ।
स्वास्थ्य मन्त्रालयमा रहेको नीति योजना तथा अनुगमन महाशाखाले गोरखा अस्पतलमा भेन्टिलेटर सहितको आईसियू निर्माण गर्न बजेट निकासा गरेको छ ।
सार्वजनिक खरिद प्रक्रिया मिचेर काम गर्दा यस अघि सुदुरपश्चिम प्रदेशमा पुरानो नक्कली मेसिन परेको थियो ।
जिल्लामा ‘बायोमेटिकल इन्जिनियर’ नभएकाले प्रदेशबाट इन्जिनियर बोलाइएको उनले बताए ।
मापदण्ड नपुगेका टेण्डरहरु रद्द गरेर पुनः टेण्डर प्रक्रियामा गएको उनले बताए । प्राविधिक र आर्थिक मूल्याङ्कन गरेर ठेक्का सम्झौता गर्ने नीति रहेको थापाको भनाई छ ।
गोरखामा समेत काम गरेका स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीका अनुसार नेपाल सरकारका सबै नियम पुरा गरेर मात्र आईसियु मेसिन जडान गर्न सकिन्छ ।
गोरखा जिल्लाको प्रक्रिया अघि बढेकाले केही हप्ता भित्र अस्पतालमा आईसियु कक्ष निर्माण हुनुपर्छ । यस कार्यका लागि महाशाखाले अस्पतालको खातामा रकम पठाइसकेको उनले बताए ।
प्रतिक्रिया