+
Search

ताजा अपडेट +

पपुलर +

मधेसी र थारुलगायत सबैलाई विश्वासमा लिए संविधान संशोधनमा सर्वसम्मत : बाबुराम भट्टराई

4KNationalDaily
२०७७ जेष्ठ १४, बुधबार ०७:१४ बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नेता डा बाबुराम भट्टराईले संविधान संशोधनमा मधेसी थारुलगायत सबै समुदायलाई विश्वासमा लिए संविधान संशोधनमा सर्वसम्मत गर्न सकिने बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा आफूले राखेको धारणा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै भट्टराईले घुमाउरो भाषामा प्याकेजमा संविधान संशोधन नभए सर्वसम्मति हुन नसक्ने बताएका छन्।

‘भौगोलिक अखण्डताको विषयमा दलहरूबीच मतभिन्नता छैन/रहुनुहुन्न। भारतसँग वार्ताको नेतृत्व उहाँले नै गर्ने हो।’ भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा भने‚ ‘वार्तामा हातमाथि पार्न प्रमले राष्ट्रिय सहमति जुटाउनुपर्छ र सीमारक्षा गरेर बसेका मधेसी र थारूलगायत सबैलाई विश्वासमा लिनुपर्छ। संशोधनमा सर्वसम्मति हुन्छ।’

जसपाले निशान छाप परिवर्तन गर्न संविधान संशोधन हुँदा आफ्ना मुद्दा समेत समावेश गरी प्याकेजमा संविधान संशोधन गर्न माग गरेका थिए। उनीहरुले भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विषय र प्रदेशको सीमाङ्कनको विषयलाई संशोधन गर्न माग गर्दै आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily