+
Search

ताजा अपडेट +

पपुलर +

आज यी स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

4KNationalDaily
२०७७ जेष्ठ १४, बुधबार ०७:१७ बजे

काठमाडौं- यतिबेला (बुधबार बिहान) पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर दिउँसोपछि पूर्वी क्षेत्र तथा मध्य पहाडका केही स्थान र पश्चिमी पहाडका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यस्तै राति पनि पूर्वी तथा मध्य क्षेत्रका केही स्थानका साथै पश्चिमका एक-दुई ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भूभागनजिकै निम्न चापीय प्रणाली छ भने स्थानीय वायुको पनि प्रभाव छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily