+
Search

ताजा अपडेट +

पपुलर +

धार्चे गाउँपालिकामा औषधी खरिद प्रक्रियामा अनियमितता प्रयास

4KNationalDaily
२०७७ जेष्ठ १६, शुक्रबार १६:२७ बजे

गोरखा- धार्चे गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीमा लैजाने औषधी खरिद प्रक्रियामा कार्यपालिका र प्रशासकिय अधिकृतबाट अनियमितता प्रयास भएको छ ।

२० लाख मुल्य बराबरको औषधी खरिद गर्ने गरी कार्यपालिका बैठकमा बोलपत्र आव्हन गर्ने निर्णय गरेको तर बोलपत्र आव्हान नगरिएको प्रशासकिय अधिकृत विश्व प्रकाश शर्माले बताए ।

कोरोना रोगका महामारीका बेला २० लाख मुल्यको औषधी खरिद प्रक्रियामा सूचना निकाल्न आवश्यक नरहेको उनले बताए । ‘हामीले दरभाउ माग गर्ने हो । त्यो दरभाउ माग गरिएको रेकर्ड अफिसको फाइलमा राखेका छौ’ उनले भने ।

औषधीको दरभाउ माग गरिएको सूचना कहाँ सार्वजनिक गर्नुभयो भन्ने प्रश्नमा उनले सूचना टाँस्नुपर्ने आवश्यकता नै नभएको बताए । दरभाउ सार्वजनिक नगरी कसरी थाहा पाउने त औषधी व्यावसायीहरुले भन्ने प्रश्नमा उनले जवाफ दिन सकेनन् ।

दरभाउका लागि तीन वटा आवेदन परेको उनले बताए । सूचना सार्वजनिक नभई कसरी पर्यो आवेदन भन्ने पुनः प्रश्नमा उनले स्वास्थ्य शाखालाई यस विषयमा थाहा हुने बताए ।

स्वास्थ्य शाखा प्रमुख अमृत घलेसँग दुई दिन अघि देखि पटक-पटक प्रयास गर्दा सम्पर्क हुन सकेन ।

गाउँपालिका केन्द्र माछीखोलामा बस्नेहरुले सूचना निकालेको थाहा नपाउने काठमाण्डौ, पोखरा, चितवन लगायतका स्थानबाट लकडाउनको समयमा आएर मानिसहरुले कसरी थाहा पााए र दरभाउपत्र पेश गरे भन्दै स्थानीय गाउँलेहरुले प्रश्न गर्न थालेपछि विषय बाहिर आएको थियो ।

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले आफूहरुले राम्रो काम गरेको तर विरोधीहरुले विरोध गरेको बताए । स्वास्थ्य चौकीमा अहिले औषधीको अभाव नभएको तर प्रक्रिया पुर्याएर औषधी खरिद गरेर राख्न मात्र लागेको कार्यपालिकामा छलफल भएको कार्यपालिकाका एक सदस्यले बताए ।

‘हामीलाई सबै कुरा थाहा हुँदैन अध्यक्ष ज्यूले जे भन्नुहुन्छ त्यही गर्ने हो’ उनले भने । यो विषय उठान गर्दै गर्दा प्रशासकिय प्रमुख शर्माले दरभाउ बोलपत्र आह्वान गर्ने विषयमा कार्यपालिका बैठकमा पुनः छलफलमा लैजाने बताए ।

नेपालको ऐन, नियममा सार्वजनिक खरिद नियमावलीलाई छलेर गरिएका आर्थिक कारोवारलाई भ्रष्टचार मानिन्छ ।

गोरखाका केही पालिकाहरुको आर्थिक गतिविधि कागजपत्रमा मात्र सिमित रहँदै आउने गरेकाले सुक्ष्म रुपमा हेर्नुपर्ने भ्रष्टचारमा शुन्य सहनशिलताका अभियान्ताहरु बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily