+
Search

ताजा अपडेट +

पपुलर +

दशगजा खाली गर्न र कालापानी-लिपुलेकका बासिन्दालाई सुविधा बढाउन संसदीय समितिको निर्देशन

4KNationalDaily
२०७७ जेष्ठ १७, शनिबार ०७:१५ बजे

काठमाडौं– संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ।

सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न बसेको समिति बैठकले त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानवबस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो।

‘अन्तर्राष्ट्रिय मूल्य मान्यताविपरीत अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यताविपरीत सीमा क्षेत्रको दशगजा (नो म्यान्स ल्याण्ड) रहेका बस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्ने’ समितिको निर्णयमा भनिएको छ।

नेपाल र भारत दुवैतर्फका हटाउन आवश्यक भएको समितको ठहर छ। यसैगरी, समितिले ठूला नदीमा भारत सरकारले सीमा स्तम्भ बनाउने सहमति कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षंण समेत गराएको छ।

समितिले सशस्त्र प्रहरीलाई सीमा रक्षाको मात्रै जिम्मेवारी दिन सरकारलाई निर्देशन दिएको छ।

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा केन्द्रित गर्ने र त्यसका लागि आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णयमा उल्लेख छ।

समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सीमा सुरक्षाका लागि आवश्यक बिओपी थप गर्नेलगायतका काम गरिरहेको जानकारी गराएका थिए।

समितिले सीमामा बोर्डर आउटपोस्ट (बिओपी) त्यसका लागि आवश्यक जनशक्ति र पूर्वाधार निर्माणका लागि आवश्यक साधनस्रोत थप्न समेत सरकारलाई निर्देशन दिएको छ।

समितिले ठूला नदीमा निर्माण गर्नुपर्ने सीमा स्तम्भ निर्माण गर्नेगरी पहल गर्न भनेको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily