+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउन जेठ ३२ सम्म, सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

4KNationalDaily
२०७७ जेष्ठ १८, आईतवार ०८:४४ बजे

काठमाडौं- सरकारले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याएकाे छ। शनिबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेकाे हाे।

यसअघि जेठ २० गतेसम्म ताेकिएकाे लकडाउनलाई मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए।

कोरोना संक्रमितको संख्या झन् दिनप्रतिदिन बढ्दै गएपछि सरकारले लकडाउन थप्नुकाे विकल्प नदेखेकाे हाे। यस्तै सरकारले विमानस्थल पनि असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

यसैगरी आजको मन्त्रिपरिषद् बैठकले विदेशबाट फर्काइने नागरिक व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय पनि गरेको छ। कोरोना संक्रमण बढी भएका स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरिएकाे एक मन्त्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily