काठमाडाैं- नेपालमा पहिलो पटक आफ्नो जुनसुकै प्रतिभा प्रस्तुत गर्न सकिने रियालिटी शो कार्यक्रम ‘The Talent’ को सुरुवात भएको छ ।
‘म भित्रको म’ स्लेगन रहेको यस कार्यक्रममा हरेक व्यक्ति भित्र रहेका प्रतिभाहरु प्रस्तुत गर्न सकिने छ ।
जेठ १७ गते बाट सञ्चालनमा आउन लागेकाे कार्यक्रम कस्मिक मिडिया प्रा.लिले उत्पादन गरी टि.भि मा प्रसारण हुने छ ।
अनलाईनबाट प्रकाशित हसने कस्मिक टिभि साथै कस्मिक मिडियाको युट्युब च्यानलबाट कार्यक्रम हेर्न सकिने मिडियाका सञ्चालक रमेश पोखरेलले बताए ।
विश्व माहामारीको रुपमा रहेको कोभिडको समयमा सबै व्यक्तिहरु घरमा नै बन्दा बन्दीमा छौ, यस्तो अवस्थामा घरमा बसिरहदाँको समयलाई सदुपयोग गर्न पनि यो कार्यक्रमले सहयोग गर्ने उनले बताए ।
यो कार्यक्रममा आफ्नो प्रतिभा आफैले रेकर्ड गरेर पठाउनु पर्ने हुनाले पनि सहभागिता जनाउन सजिलो भएको उनको भनाई छ ।
सहभागीहरुले आफुले रेकर्ड गरेको आफ्नो कला प्रतिभा cosmictvhd@gmail.com मा पठाउन सकिने व्यवस्था गरीएको सञ्चालक पोखरेलले जानकारी दिए ।
कार्यक्रमले बन्दाबन्दीको समयको सदुपयोग, प्रतिभा प्रस्तु्त साथै मानसिक तनाव समेत कम हुने उनको भनाई छ ।
हामी भित्र रहेको प्रतिभाहरु गित, नाच, कविता, गजल, भाषण, कमेडि लगायत विभिन्न कलालाई यस कार्यक्रममा प्रस्तुत गर्न सकिनेछ ।
कार्यक्रमले देश विदेशको हरेक ठाउँमा रहेका व्यक्तिहरुको कलालाई समेट्ने प्रयास गरेको छ ।
कार्यक्रममा ५ वर्ष भन्दा माथिका सबैले सहभागीता जनाउन सक्ने छन् ।
सहभागीले जेठ १७ गते बाट १ महिना सम्ममा भिडियो पठाई सक्नुु पर्नेछ ।
एक जनाले जम्मा ३ देखी ५ वटा सम्म भिडियो पठाउन पाउनेछन् । एकै जनाको गित, कविता, नाच ,भाषण, जोक्स फरक फरक पठाउन पनि पाइनेछ । साथै कोभिड १९ लार्इ मध्यनजर गरी कार्यक्रममा सहभागी हुने समय थप पनि गर्न सकिने सञ्चालकको भनाई छ ।
कार्यक्रममा सहभागी भिडियोको कमेन्ट, भ्यूजको अधारमा ६० प्रतिशत र सञ्चालक टिमको तर्फबाट ४० प्रतिशत गरेर जम्मा १०० प्रतिशत गरी मुल्यंकनबाट बिजेता छानिनेछ ।
बिजेताको नाम अनलाईन, फेसबुक र समाचारहरुबाट सर्वजनिक गरिनेछ र बिजेतालाई बन्दाबन्दीको अबस्थामा सामान्य भएपछि मिडियाको कार्यालय बागबजारमा उपस्थित गराई एक कार्यक्रमका विच पुरस्कृत गरिने उनले बताए ।
बिजेतालाई नगद पु्रस्कार सहित प्रमाणपत्र साथै आगामी दिनमा मिडिया क्षेत्रमा प्रवेश गर्ने अवसर समेत प्रदान गरीने छ ।
हाल मिडियाले रियालिटि शो द लिडर स्पिच स्टार कार्यक्रम सञ्चालन गराईरहेको उनले जानकारी दिए ।
द लिडर स्पिच स्टार कार्यक्रमले समाजमा रहेका आवाज खोज्ने र समाज विकास गराउदै देश विकासमा टेवा पुयाउने गर्दछ भने ‘द ट्यालेन्ट शाे’ कार्यक्रमले हरेक कलाको बिकास गराउने पोखरेलको दाबी छ ।
प्रतिक्रिया