काठमाडाैं-नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलिको संसद बैठकमा मुठभेड हुन सक्ने चेतावनी दिएका छन् ।
थापाले सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालना गरी संसदीय मूल्य मान्यता विपरित गतिविधि गरेको उल्लेख गर्दै यस्तो कदम मान्य नहुने स्पष्ट पारे । बिहीबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसदबाट झुक्याएर पारित गराउने प्रयास भएकोप्रति असन्तुष्टि जनाए ।
थापाले माघ ११ गते शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले आफूसँग परामर्श गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउने विश्वास व्यक्त गरे । उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने काम नगर्न सरकारलाई दवाव दिएका थिए ।
प्रतिक्रिया