काठमाडौं- इंल्यान्ड र वेट इन्डिजबीचको ३ खेलको टेस्ट क्रिकेट सिरिज आगामी जुलाइ ८ देखि हुने भएको छ।
इंल्यान्डमा हुने टेस्ट क्रिकेट खेल्न वेस्ट इन्डिजका खेलाडी सहमत भएसँगै इंल्यान्ड र वेल्स क्रिकेट बोर्डले नयाँ तालिका सार्वजनिक गरेका हुन्।
कोरोना भाइरसको महामारीबीच खेलको पहिलो सिरिज आगामी जुलाई ८ देखि १२ सम्म साउथवेटनमा हुनेछ।
दोस्रो सिरिज जुलाइ १६ देखि २० तथा तेस्रो सिरिज २४ देखि २८ जुलाइसम्म वल्र्ड ट्राफोर्डमा हुनेछ।
खेलअघि वेस्ट इन्डिजको टोली जुन ९ मा वल्र्डट्राफोर्ड पुग्नेछ।
करिब १५ दिनको क्वारेन्टिन बसाइपछि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुनेछन्। सिरिजका सबै खेल बन्द स्टेडियममा हुनेछ।
खेलाडी र कर्मचारीको तलब भत्तामा ५० प्रतिशत कटौतीसहित वेस्ट इन्डिज इंल्यान्ड जान सहमत भएको हो।
यसअघि जुन ४ देखि २९ सम्मका लागि तय भएको खेल कोरोना भाइरसको महामारीको कारण स्थगित भएको थियो।
प्रतिक्रिया