+
Search

ताजा अपडेट +

पपुलर +

थप १६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१ सय १५ पुग्यो

4KNationalDaily
२०७७ जेष्ठ २१, बुधबार १५:१३ बजे

काठमाडौं– थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा जारी सूचना अनुसार सो प्रदेशमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो।

कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीद्वारा जारी सूचना अनुसार, सो प्रदेशमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ।

नयाँ संक्रमितहरु सल्यान, दैलेख र कालिकोटका छन्।

प्रदेश अस्पताल, सुर्खेत; पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ सय १५ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily