+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना जितेका युवा डिस्चार्ज हुनेबित्तिकै जेल चलान

4KNationalDaily
२०७७ जेष्ठ २२, बिहीबार ०७:३२ बजे

काठमाडौं- बैतडीका कोरोना संक्रमित युवा कोरोनालाई जितेपछि जेल चलान भएका छन्।

कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज भएलगत्तै सिबान गाउँपालिका २ का २२ वर्षीय युवा जेल चलान भएका खबर आजको राजधानी दैनिकमा बैतडीबाट सीपी लोहियाले लेखेका छन्।

जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर वसन्तराज जोशीका अनुसार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ९ जेठमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनी कर्तव्य ज्यान मुद्दामा १५ वैशाखदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बैतडीको आदेश अनुसार ती युवकलाई कारागार चलान गरिएका बैतडीका निमित्त प्रहरी प्रमुख किसन चन्दले जानकारी दिए।

१३ वैशाखमा स्थानीय १९ वर्षीया युवतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily